इतिहासमा बैशाख १ः दासप्रथा उन्मुलन, नेपाल ७५ जिल्लामा विभाजन, महेन्द्र राजमार्गको शिलान्यास

Thankot Times

थानकोट ।

१. १९८२ बैशाख १ गते नेपालमा दास प्रथाको विधिवत अन्त्य भयो, तत्कालीन प्रधानमन्त्री श्री ३ चन्द्रशमशेरले अघिल्लो साल नै सो प्रथा अन्त्यका लागि सार्वजनिक आह्वान गरेपनि दास दासीका मालिकलाई ३६ लाख ७० हजार रूपैयाँ क्षतिपुर्ति सरकारले भरी यो मितिमा पुर्णतः अन्त्य गरिएको हो ।

२. २०१७ बैशाख १ गते भारतीय रूपैयाँ १ सयको सटही दर नेपाली रूपैयाँ १६० कायम गरियो, जुन हालसम्म यथावत् छ ।

३. २०१८ बैशाख १ गते नेपाल अधिराज्यलाई १४ अञ्चल र ७५ जिल्लामा विभाजन गरियो, यस अघि तराईका जिल्लालाई जिल्ला र पहाडका जिल्लालाई तहसिल भनिन्थ्यो ।

४. २०१९ साल बैशाख १ गते नेपालको पुर्व पश्चिम राजमार्गको नवलपरासीको गैँडाकोटमा शिल्यान्यास गरियो । काँकडभिट्टादेखी वनबासा जोड्ने यस राजमार्गको शिलान्यास राजा महेन्द्रले गरेका थिए ।

५. २०३४ बैशाख १ गते नेपाललाई विफर रोग उन्मुलन देश घोषणा गरियो ।

६. २०४५ बैशाख १ गते राणाकालदेखी दिनको १२ बजे तोप पड्काउने चलनको अन्त्य गरियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *