यू-१९ विश्वकप एसिया छनोट: युवराजले ५ विकेट लिएपछि ओमानमाथि नेपालको सहज जित

Thankot Times

थानकोट ।

आईसीसी यू-१९ विश्वकप एसिया छनोटमा घरेलु टोली नेपालले लगातार दोस्रो जित निकालेको छ ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले ओमानमाथि ८ विकेटको सहज जित निकालेको हो ।

११८ रनको लक्ष्य नेपालले १४.३ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । निरज यादवले ४६ तथा साहिल पटेलले ४४ रन बनाए ।

ओमानका सौम्या भविनले २ विकेट लिए ।

त्यसअघि युवराज खत्रीको पाँच विकेटमा नेपालले ओमानलाई ११७ रनमा अलआउट गरेको थियो । युवराजले ७ ओभरमा १५ रन दिएर ५ विकेट लिएपछि ओमान ३८ ओभरमा ११७ रनमा अलआउट भएको थियो ।

पहिलो खेलमा यूएईलाई हराइसकेको नेपालले अब तेस्रो खेलमा बुधबार हङकङसँग खेल्ने छ ।

पहिलो खेलमा यूएईलाई हराएको अफगानिस्तानले आज भएको अर्को खेलमा हङकङलाई हराएको छ ।

नेपाल, अफगानिस्तान, हङकङ, ओमान र यूएई सहभागी यस छनोटमा शीर्ष हुने टोली आगामी वर्ष हुने आईसीसी यू-१९ विश्वकपमा छनोट हुनेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *