काठमाडौंमा वैशाख ११ गते एमालेले शक्ति प्रदर्शन गर्ने, १ लाख जना युवा उतार्ने दाबी

Thankot Times

थानकोट ।

नेकपा एमालेले लोकतन्त्र दिवसका दिन वैशाख ११ गते एक लाख युवालाई काठमाडौंमा उतारेर शक्ति प्रदर्शन गर्ने भएको छ ।

नेकपा एमाले युवा सङ्घ नेपालका अध्यक्ष क्षितिज थेवेका अनुसार देशभरका कम्तीमा एक लाख युवाहरू वैशाख ११ गते काठमाडौंमा भेला हुनेछन् ।

‘लोकतन्त्रको ‘सेलेब्रेसन’ गर्ने हो । त्यसमा देशभरका एक लाख युवाहरू सहभागी हुन्छन्’, थेवेले भने, ‘कार्यक्रममा युवाहरूलाई सम्मान गर्ने र स्पेस दिने काम हुन्छ ।’

काठमाडौंको भृकुटीमण्डप वा टुँडिखेलमध्ये कुनै एक ठाउँमा कार्यक्रम गरिने थेवेले जनाए । युवासंघका उपाध्यक्ष कृष्णहरि केसीले युथ समिटमा युवाका एजेन्डाका बारेमा छलफल हुने बताए । ‘युवाहरूका एजेन्डा,समस्या र सम्बोधनका बारेमा छलफल हुन्छ’, केसीको भनाइ छ ।

युवा उत्सवका नाममा एमालेले युवाहरूलाई काठमाडौंमा बोलाएर शक्ति प्रदर्शन गर्न लागेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ