यसवर्ष ८८ दिन सार्वजनिक बिदा, बागमतीमा थप ४ दिन सार्वजनिक बिदा

Thankot Times

थानकोट ।

२०८२ सालमा ८८ दिन सार्वजनिक बिदा हुने भएको छ ।

सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरेर ८८ दिन सार्वजनिक बिदा पर्ने जानकारी दिएको हो ।  

राजपत्रमा प्रकाशित सूचनाअनुसार यो वर्ष ५२ वटा शनिबार परेका छन् । ३६ दिन विभिन्न चाडपर्व एवं दिवसका बिदा दिने निर्णय भएको छ । 

दसैँमा सात दिन र तिहारमा पाँच दिन बिदा दिइएको छ । यी बाहेकका अन्य पर्वहरूको बिदा २८ दिन छ । अन्तर्राष्ट्रिय मजदुर दिवस, गणतन्त्र दिवस, संविधान दिवस, शहीद दिवस, प्रजातन्त्र दिवस र अन्तर्राष्ट्रिय महिला दिवस गरी ६ दिन देशभर सार्वजनिक बिदा दिने निर्णय सरकारको छ । 

प्रदेश तथा स्थानीय पालिकाले स्थानीय चाडपर्वका लागि थप बिदा दिनसक्ने राजपत्रमा उल्लेख छ ।

बागमती प्रदेशले नयाँ वर्ष २०८२ मा ४ दिन सार्वजनिक बिदा थप्ने निर्णय गरेको छ । 

बागमती प्रदेशको चैत्र १९ मा बसेको मन्त्रिपरिषद बैठकले नेपाल सरकारले निर्णय गरेका बाहेक थप ४ दिन बिदा दिने निर्णय गरेको थियो ।

प्रदेश सरकारले प्रदेश कामकाजी भाषा ऐन कार्यान्वयन भएको दिन (बैशाख २४ गते), गाईजात्राको दिन साउन २५ गते, चेपाङ समुदायको न्वागी भदौ २२ गते र माझी समुदायको लदी पर्व फागुन १९ गतेका दिन बिदा दिने निर्णय गरिएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ