चन्द्रागिरि ओपन टी-१० इण्डोर क्रिकेट लिगको उपाधि काठमाडाैं रोयल्सलाई

Thankot Times

थानकोट । 

चन्द्रागिरि ओपन टी-१० इण्डोर क्रिकेट लिगको उपाधि काठमाडाैं रोयल्सले जितेको छ । 

आइतबार सम्पन्न फाइनलमा मिक्समाण्डुलाई १ रनले पराजित गर्दै रोयल्सले उपाधि हात पारेको हो ।

शुक्रबारबाट सुरु भएको प्रतियोगितामा विभिन्न १३ टोलीले सहभागिता जनाएका थिए ।

चन्द्रागिरि क्रिकेट एशोसियसनको आयोजनामा सञ्चालित तीन दिने प्रतियोगिताको विजेता काठमाडाैं रोयल्सले ४० हजार रुपैयाँ प्राप्त गरेको एसोसियसनका अध्यक्ष प्रजिवन प्रधानले जानकारी दिए । 

उपविजेता मिक्समाण्डुले २० हजार रुपैयाँ प्राप्त गर्यो ।

चन्द्रागिरि नगरपालिका-०७स्थित गणेशमान फुटसलको एरिनामा प्रतियोगिता सञ्चालन भएको हो ।

प्रतियोगिताका विजेता तथा उपविजेतालाई चन्द्रागिरि वडा नंं ६ का वडाध्यक्ष संजय सिग्देल लगायतले पुरस्कार वितरण गरेका थिए । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *