नयाँ वर्ष मनाउन चन्द्रागिरि डाँडा उक्लनेको ताँती, रिसोर्टका सबै कोठा बुक

Thankot Times

थानकोट । 

नयाँ वर्ष २०८२ को पहिलो दिन चन्द्रागिरि हिल्स क्षेत्रमा बिहानैदेखि चहलपहल बढेको छ ।

सोमबार बिहानैदेखी मानिसहरू चन्द्रागिरि केबलकार हुँदै चन्द्रागिरि डाँडामा पुगिरहेका छन् । 

चन्द्रागिरि हिल्स व्यवस्थापनका अनुसार चन्द्रागिरि हिल्स रिसोर्टमा भएका करिब १ सय कोठाहरू बुकिङ भइसकेका छन् । 

प्रमुख कार्यकारी निर्देशक अरुण प्रधानका अनुसार नयाँ वर्ष मनाउन रिसोर्टमा कोठा बुकिङ आह्वान भएको केही दिनमै सबै कोठा बुक भएका थिए ।

करिब ९ वर्षदेखी सञ्चालनमा रहेको रिसोर्टमा स्विमिङ्ग पुल, बगैंचा, सेमिनार हल लगायत अत्याधुनिक सेवा सुविधासहितका करिब १ सय वटा कोठाहरू छन् ।

वर्षेनी नयाँ वर्षका दिन चन्द्रागिरि हिल्समा कीर्तिमानी व्यापार हुँदै आएकोमा यसपटक पनि सोही अनुसारको कारोबारको अपेक्षा गरिएको कम्पनीले जनाएको छ ।

चन्द्रागिरि डाँडा स्वदेशी तथा विदेशी नागरिकहरूका लागि छुट्टी मनाउने प्रमुख गन्तव्य बनिरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ