आईएसएफ यू-१५ जिम्नासियाडः बक्सिङमा नेपाललाई कास्य, पाैडीमा श्रयलाको सुधारिएको प्रदर्शन

थानकोट ।
सर्बियाको ज्लाटिबोरमा अप्रिल ४ बाट सुरु भएको जुनियर स्कुल समर गेम्स (आईएसएफ यु–१५ जिम्नासियाड) मा नेपालले १ कास्य पदक हात पारेको छ ।
बक्सिङ खेलको ७०-७५ केजी तौल समूहमा नेपालका रिजोन रूम्बा लामाले कास्य पदक जित्न सफल भएका हुन् ।
सेमिफाइनलमा अजरबैजानका खेलाडीको पराजित भएपछि रुम्बाले कास्य पदकमा चित्त बुझाएका हुन् ।
प्रतियोगिता नेपाली खेलाडीले पाैडी, बक्सिङ र ३x३ बास्केटबलमा सहभागिता जनाएका थिए ।
ती खेलमा नौ जना खेलाडी सहभागी थिए ।
बास्केटबलमा नेपाली टोली अन्तिम १६ सम्म पुगेको थियो ।
पाैडीतर्फ सहभागी भएका खेलाडीले व्यक्तिगत प्रदर्शनमा सुधार गरेको प्रशिक्षक नवीन महर्जनले जानकारी दिए।
चन्द्रागिरिकी श्रयला महर्जन, मयोन श्रेष्ठ, कल्किन श्रेष्ठ र प्राप्ति पाण्डेले पाैडीमा सहभागीता जनाएका थिए ।
प्रतियोगिता आइतबार समापन भएको छ ।
जहाँ विश्वका विभिनन ५० भन्दा धेरै मुलुकका ३९७३ जना खेलाडीले सहभागिता जनाएका थिए ।