चन्द्रागिरि नगरका अधिकांश क्षेत्रमा अझै बिजुली सेवा अवरुद्ध, दिउँसोबाट सेवा सुचारू हुन सक्ने

Thankot Times

थानकोट ।

मातातिर्थस्थित नेपाल विद्युत प्राधिकरणकाे सब-स्टेशनमा आइतबार दिउँसो आगलागी हुँदा मास्टर कन्ट्रोल रुमका उपकरण जलेपछि चन्द्रागिरि नगरका विभिन्न स्थानमा बिजुली सेवा अवरुद्ध छ।

प्राधिकरणका अनुसार अवरुद्ध बिजुली सेवा सुचारू गर्न धादिङ वितरण लाइनबाट कनेक्टिङकाे कार्यका लागि प्राविधिकसहितको टाेली साेमबार बिहानै त्यसतर्फ गइसकेको छ। साेमबार दिउँसोसम्म लाइन सुचारु हुन्छ कि एक जना प्राविधिकले थानकोट टाइम्ससँग भने ।

आइतबार दिउँसोदेखि चन्द्रागिरिका बाँडभञ्ज्याङ, इन्द्रस्थान, थानकोट, चेकपोस्ट लगायतका स्थानमा बिजुली सेवा अवरुद्ध रहँदा साे क्षेत्रमा जनजीवनमा प्रभाव परेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *