आईसिसी यू-१९ विश्वकप एसिया छनोट: नेपाल र ओमानबीच आज खेल हुँदै

थानकोट ।
आइसिसी यू–१९ विश्वकपअन्तर्गत एसिया छनोटमा आज नेपालले ओमानसँग खेल्दैछ।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुने यो खेल बिहान साढे ९ बजेदेखि शुरु हुने छ।
जारी एशिया छनौट प्रतियोगितामा नेपालले पहिलो खेलमा युएईलाई पराजित गर्दै विजयी शुरुवात गरेको थियाे भने ओमानले अफगानिस्तानसँग हार बेहोरेको थियाे ।
त्यस्तै आज अर्को खेल अफगानिस्तान र हङकङबीच तल्लो मुलपानी क्रिकेट मैदानमा सोही समय हुनेछ।
अप्रिल १६ मा नेपालले हङकङसँग र अफगानिस्तानले युएईसँग खेल्ने तालिका रहेको छ। त्यसैगरी अप्रिल १७ मा ओमान र युएई खेल्दै छन् भने अप्रिल १८ मा हङकङ र ओमान खेल्दै छन्। त्यसैगरी अप्रिल १९ मा नेपाल र अफगानिस्तानसँग खेल्नेछन्।
एशिया छनोटको विजेता सन् २०२६ मा जिम्बावे र नामिबियामा हुने आइसिसी यू-१९ विश्वकपमा छनोट हुनेछ।