मातातिर्थस्थित सव-स्टेशनमा आगलागी भएपछि चन्द्रागिरिका विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध

थानकोट ।
मातातिर्थस्थित सव-स्टेशनमा आगलागी भएपछि चन्द्रागिरि नगरका विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध भएको छ।
आइतबार दिउँसो सव-स्टेशनकाे मुख्य कन्ट्रोल रुममा अचानक आगलागी भएपछि चन्द्रागिरि नगरपालिकाकाे बारुण यन्त्र, नगर प्रहरी, नेपाल प्रहरी लगायतकाे प्रयासमा करिब १ घण्टापछि आगलागी नियन्त्रणमा लिइएको थियो ।
११ केभी फिडर लाइनमा विद्युत् आपूर्ति नियन्त्रणका लागि प्रयोग हुने ब्रेकर प्यानलमा आगलागी भएको हो । आगलागी प्यानल क्षतिग्रस्त बनेको छ ।
आगलागीपछि चन्द्रागिरि नगरका केही क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको छ।
प्राधिकरण स्रोतका अनुसार वैकल्पिक व्यवस्था मिलाएर अवरुद्घ बिजुली सेवा सुचारु गर्ने प्रयास भइरहेको छ।
आगलागी कारण पत्ता लगाउने क्रम जारी रहेको प्राधिकरणको भनाइ छ ।