सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छ- देउवा

थानकोट ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आन्दोलनरत शिक्षकको जायज माग पुरा गर्नु पर्ने बतताएका छन् ।
नेपाल मुस्लिम संघले आइतबार कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजना गरेको इदको शुभकामना आदान प्रदान कार्यक्रममा सभापति देउवाले शिक्षकको माग सम्बोधन गर्नका लागि सरकारको ध्यान जानु पर्ने बताएका हुन ।
‘वार्ता र संवादबाट आन्दोलनरत शिक्षकको जायज माग पुरा गर्न सरकारको ध्यान जानुपर्छ; देउवाले भने ।
उनका अनुसार शिक्षकहरूको माग सम्बोधन गर्न कुनै समस्या देखिए छलफलबाटै निकास निकाल्नुपर्ने भन्दै यसका लागि शिक्षकहरू पनि तयार हुनुपर्ने जनाएका छन् ।