मातातिर्थस्थित विद्युत प्राधिकरणको सव-स्टेशन हातामा आगलागी

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-०८ मातातिर्थस्थित विद्युत प्राधिकरणको सव-स्टेशन हातामा आगलागी भएको छ ।

आइतबार दिउँसो भएको आगलागी नियन्त्रणमा लिन चन्द्रागिरि नगरपालिकाको बारुण यन्त्र तथा नगर प्रहरीहरू, प्रहरी वृत्त थानकोट, प्रहरी प्रभाग बलम्बु, प्रहरी प्रभाग मातातिर्थ लगायतका यूनिटबाट प्रहरी खटिएका छन् ।

सो आगलागीको थप विवरण आउन बाँकी छ ।

हाल उक्त आगलागी नियन्त्रणको प्रयास भइरहेको प्रहरी वृत्त थानकोटले जनाएको छ।

सव-स्टेशनको मास्टर कन्ट्रोल कक्षमा आगलागी भएको प्रारम्भिक विवरण प्राप्त भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ