नागढुंगा सुरुङ मार्ग निर्माणस्थलमा स्थानीय र प्रहरीबीच झडप, १८ जना पक्राउ

थानकोट।
नागढुंगा-सिस्नेखोला सुरुङ मार्गमा आइतबार बिहान स्थानीय र प्रहरीबीच झडप भएको छ ।
विभिन्न माग राखेर स्थानीयबासीले चैत ३ गतेदेखि उक्त आयोजनाको काम पूर्ण रुपमा ठप्प पारेकोमा आयोजनाले आइतबार प्रहरी सुरक्षाबीच काम सुरु गर्न खोजेपछि दोहोरो झडप भएको हो ।
स्थानीयको आन्दोलनका कारण आयोजनाको काम नै रोकिएपछि सरकारले काम सुचारु गराउनका लागि आइतबार ठूलो संख्यामा उक्त स्थानमा सुरक्षाकर्मी परिचालन गरेको थियो ।
आन्दोलनकारीले सुरक्षाकर्मी राखेर वलजफ्ती निर्माण कार्य अघि बढाएको भन्दै तोडफोड गरेपछि प्रहरीसँग दोहोरो झडप भएको हो ।
तोडफोडमा संलग्न रहेको भन्दै प्रहरीले सुरुङ माथिको सात घर बस्तीका स्थानीय १८ जना आन्दोलनकारीलाई नियन्त्रणमा लिएको छ।