वीरगन्जमा थपियो कर्फ्यु अवधि

थानकोट ।
पर्साको वीरगन्ज महानगरपालिका क्षेत्रमा कर्फ्यु अवधि थपिएको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कर्फ्युको समय थप गरेका हुन् ।
कर्फ्यु आदेश आज (चैत ३१) राति १२ बजेसम्मका निम्ति थप गरिएको छ ।
शनिबार दिउँसो दुई समुदायबीच झडप, तोडफोड र आगजनीपछि प्रशासनले साँझदेखि आज (आइतबार) मध्याह्न १२ बजेसम्मका निम्ति कर्फ्यु आदेश जारी गरेको थियो ।