राष्ट्रिय जनसांस्कृतिक महासंघको बागमती प्रदेशको अध्यक्षमा होम सुवेदी, सचिवमा रोजी डंगोल

Thankot Times

थानकोट । 

राष्ट्रिय जनसांस्कृतिक महासंघको बागमती प्रदेशको अध्यक्षमा होम सुवेदी चयन भएका छन्।

महासंघको शनिबार चन्द्रागिरि नगरपालिका-०५ महादेवस्थान, किसिपिडीमा सम्पन्न दोश्रो अधिवेशनले सुवेदीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । 

नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीको उपस्थितिमा सम्पन्न महाधिवेशनले महासंघको उपाध्यक्षमा दावा वाङ्देल र माधुरी सापकोटालाई चयन गर्दा रोजी डंगोलले सचिवको जिम्मेवारी पाएकी छन् । उपसचिवमा क्रमश रामकृष्ण श्रेष्ठ, गोकर्ण प्रसाद अधिकारी र गीता सिंखडा निर्वाचित हुँदा कोषाध्यक्षमा अनिल बुढाथोकी निर्वाचित भए ।

महासंघको सदस्यहरूमा क्रमश दुर्गाप्रसाद खतिवडा, सन्तोष ताम्राकार, स्वीकृति खाती, सावित्री घिमिरे, युवराज तामाङ, दिवाकर आचार्य, धर्मेन्द्र महर्जन, दीपा पन्त निर्वाचित भएको महासंघका काठमाडाैं जिल्ला अध्यक्ष भक्तलाल श्रेष्ठले जानकारी दिए । 

महाधिवेशनले बागमती प्रदेशका सबै १३ वटै जिल्लाका अध्यक्षमा सो महासंघमा पदेन सदस्य रहने निर्णय गरेको छ । नवनिर्वाचित पदाधिकारीहरूलाई महासंघका केन्द्रीय अध्यक्ष प्रेमनाथ अधिकारीले सपथ गराएका थिए । 

नेकपा एमाले चन्द्रागिरि नगर कमिटि तथा महासंघको काठमाडाैं जिल्ला कमिटि समेतको व्यवस्थापनमा सो अधिवेशन सम्पन्न भएको नेकपा एमाले चन्द्रागिरि नगर कमिटि अध्यक्ष उत्तम बहादुर राउतले जानकारी दिए ।

अधिवेशनअघि विभिन्न बाजागाजा तथा भेषभूषामा सजिएका सहभागीहरूले वडा परिक्रमा गरेका थिए ।

प्रगतिशील तथा समाजवादी संस्कृति निर्माण गर्ने मूल लक्ष्य बोकेर समाजमा आफ्नो उद्देश्य परिपूर्ति गर्न क्रियशिल भाषा तथा लोक साहित्य, ललितकला, सङ्गीत, समाजशास्त्र, नाटक, चलचित्र तथा हाँस्य-व्यङ्ग्य क्षेत्रमा क्रियाशिल श्रष्टा कलाकारहरू, विद्वान वर्गप्राज्ञज्यूहरू सबैलाई गोलबद्ध गरी एउटै सुत्रमा बाँधेर साङ्गठनिक नियम र पद्धति अनुसार अनुशासित तवरले अगाडि बढाउन राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपाल गठन भएको हो । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *