बालाजु औद्योगिक क्षेत्रमा रहेको एक उद्योगमा आगलागी

थानकोट ।
बालाजु औद्योगिक क्षेत्रभित्र आगलागी भएको छ ।
औद्योगिक क्षेत्रभित्रको प्रसन्न प्लास्टिक उद्योगमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।
आगलागी नियन्त्रणमा लिन नेपाली सेनाको दमकलसहित काठमाडौं उपत्यकाका सम्पूर्ण दमकल त्यसतर्फ पठाइएको छ ।
आगो नियन्त्रणमा लिने काम भइरहेको प्रहरीले जनाएको छ।