तीनकुने घटनामा ज्यान गुमाएका कीर्तिपुरका सविन महर्जनकी छोरीलाई नि:शुल्क शिक्षा

थानकोट ।
तीनकुने घटनामा ज्यान गुमाएका कीर्तिपुरका सविन महर्जनकी छोरीलाई नेपाली काँग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठद्वारा नि:शुल्क शिक्षाको प्रबन्ध गर्ने प्रतिबद्धता जनाएका छन्।
नेता श्रेष्ठले लामो समयसम्म शैक्षिक क्षेत्रमा योगदान गर्दा धेरैलाई सहयोग गरेको बताउँदै आफ्नो अभिभावक गुमाएकी बालिकाको शिक्षादीक्षाका लागि मानवीयताका आधारमा सहयोग गर्ने बताए ।
नेपाल महिला संघकी अध्यक्ष उषा राउत मिश्र र मानव अधिकार आयोगकी आयुक्त लीली थापाले आफूलाई मृतकका परिवारको बारेमा जानकारी गराउँदै आवश्यक व्यवस्थाका लागि अनुरोध गरेको काँग्रेस कोषाध्यक्ष श्रेष्ठले जानकारी दिए ।