चन्द्रागिरिमा हावाहुरीसहित वर्षा सुरु

थानकोट ।
चन्द्रागिरि नगर क्षेत्रमा हावाहुरीसहित वर्षा सुरु भएको छ ।
काठमाडौंका धेरै ठाउँमा हावाहुरीसहित वर्षा सुरु भएको मौसमविद् हरिप्रसाद दाहालले जानकारी दिए ।
“काठमाडौंमा भर्खरैदेखि हावाहुरीसहित वर्षा भइरहेको छ,” उनले भने, “कहाँ कति वर्षा भयो केही समयपछि हामी मेजर गर्नेछौँ ।”
उनका अनुसार दिउँसो पनि काठमाडौंमा वर्षाको सम्भावना छ ।