चन्द्रागिरि नगरका विभिन्न क्षेत्रमा आज बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म विद्युत अवरूद्ध हुने

Thankot Times

थानकोट ।

आज शनिबार चन्द्रागिरि नगरका विभिन्न स्थानमा पाँच घन्टासम्म विद्युत अवरूद्ध हुने भएको छ।

नेपाल विद्युत प्राधिकरणले सूचना निकालेर काठमाडौंका विभिन्न वितरण केन्द्रका विभिन्न फिडरअन्तर्गका स्थानहरूमा शनिबार विद्युत अवरूद्ध हुने जनाएको हो।

प्राधिकरणका अनुसार बलम्बु उपवितरण केन्द्रको थानकोट फिडर अन्तर्गत पर्ने नैकाप फुटबल ग्राउन्ड र किट्नीभन्ज्याङ क्षेत्रमा विद्युत पोल स्थानान्तरण कन्डक्टर स्तरोन्नति गर्नका लागि बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत अवरूद्ध हुने छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *