१ वर्षमा नेपाल आयल निगमको नाफा ९अर्ब ५५ करोड

Thankot Times

थानकोट ।

नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८०/८१ मा नौ अर्ब ५५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।

निगमको शुक्रबार आयोजित ४३औँ वार्षिक साधारणसभामा सो जानकारी दिइएको हो ।

निगमले गत आवमा तीन खर्ब ५६ अर्ब ७२ करोडको पेट्रोलियम पदार्थ आयात गरेकामा तीन खर्ब ६४ अर्ब ५२ करोड बराबरको पेट्रोलियम पदार्थ बिक्री गरेको थियो ।

निगमले अघिल्लो आर्थिक वर्ष २०७९/८० मा तीन खर्ब ८३ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ बिक्री गरेको जनाएको छ ।

पेट्रोलियम पदार्थको आयात र बिक्री वितरणमा एकाधिकार रहेको निगमले मुलुकभर पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज बनाउँदै आइरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *