राष्ट्रिय जनसांस्कृतिक महासंघको बागमती प्रदेश अधिवेशन आज, चन्द्रागिरि आउँदै एमालेका नेताहरू

थानकोट ।
नेकपा एमाले निकट राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपाल बागमती प्रदेशको दोश्रो अधिवेशन आज आयोजना हुँदै छ ।
राष्ट्रिय जनसांस्कृतिक महासङ्घ काठमाडौं जिल्ला अध्यक्ष भक्तलाल श्रेष्ठका अनुसार अधिवेशन चन्द्रागिरि नगरपालिका-०५ महादेवस्थान किसिपिडीमा आयोजना हुनेछ ।
नेकपा एमाले चन्द्रागिरि नगर कमिटि तथा महासंघको काठमाडाैं जिल्ला कमिटि समेतको व्यवस्थापनमा सो अधिवेशन सञ्चालन हुने श्रेष्ठले बताए ।
बिहान ११ बजेबाट सुरु हुने अधिवेशनमा नेकपा एमालेका नेतृत्व तहमा रहेका नेताहरू तथा महासङ्घसँग सम्बद्ध व्यक्तिहरूको सहभागिता रहने बताइएको छ ।
प्रगतिशील तथा समाजवादी संस्कृति निर्माण गर्ने मूल लक्ष्य बोकेर समाजमा आफ्नो उद्देश्य परिपूर्ति गर्न क्रियशिल भाषा तथा लोक साहित्य, ललितकला, सङ्गीत, समाजशास्त्र, नाटक, चलचित्र तथा हाँस्य-व्यङ्ग्य क्षेत्रमा क्रियाशिल श्रष्टा कलाकारहरू, विद्वान वर्गप्राज्ञज्यूहरू सबैलाई गोलबद्ध गरी एउटै सुत्रमा बाँधेर साङ्गठनिक नियम र पद्धति अनुसार अनुशासित तवरले अगाडि बढाउन राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपाल गठन भएको हो ।