आज बालाजु २२ धारा स्नान मेला

थानकोट ।
हरेक वर्ष चैत शुक्ल पूर्णिमाका दिन काठमाडौंको बालाजुस्थित बाईसधारामा लाग्ने विशेष मेला आज लागिरहेको छ ।
जहाँ हिन्दू तथा बौद्ध धर्माबलम्बीहरु पुग्ने गरेका छन् ।
बाईसधारामा स्थान गरे मुक्तिनाथ तथा गोसाईकुण्डमा स्नान गरे बराबरको पुन्य प्राप्त हुने जनविश्वास रहेको छ । स्नानका लागि बालबालिका देखि वृद्धवृद्धासम्म बाईसधारा पुग्ने गर्दछन् ।
मल्लकालीन राजा जयप्रकाश मल्लले बालाजुमा २१ धारा निर्माण गराएका थिए ।
पछि अर्का राजा रणबहादुर शाहले एउटा धारा थपेर २२ पुर्याएका हुन् ।
चैत शुक्ल पूर्णिमाका दिन बाईसधारामा स्नान गरेमा लुतो, खटिरा जस्ता रोग हराउने विश्वास छ ।
तस्बिरः फोटो म्युजियम नेपाल