चार देशीय टी-२० शृङ्खला: आज नेपाल र हङकङबीच खेल हुँदै

Thankot Times

थानकोट ।

हङकङमा जारी चारदेशीय टी-२० श्रृङ्खलामा नेपालले आज शनिबार हङकङसँग प्रतिस्पर्धा गर्दैछ ।

यसअघि खेलेका दुवै खेल जितेको नेपालले लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्न लागेको हो ।

हङकङ, नेपाल, कतार र कुवेत सहभागी यस प्रतियोगितामा नेपाल ४ अङ्कसहित शीर्ष स्थानमा छ ।

१ जीत र १ हारबाट २ अङ्कसहित कुवेत दोस्रो स्थानमा छ ।

लिग चरणको खेलपछि शीर्ष दुई टोलीबीच भोलि आइतबार फाइनल खेल हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *