चन्द्रागिरि ओपन टी-१० इण्डोर क्रिकेट लिग सुरु, १३ टोलीको सहभागिता

Thankot Times

थानकोट । 

चन्द्रागिरि ओपन टी-१० इण्डोर क्रिकेट लिग शुक्रबारबाट सुरु भएको छ । प्रतियोगितामा विभिन्न १३ टोलीले सहभागिता जनाएका छन् ।

चन्द्रागिरि क्रिकेट एशोसियसनको आयोजनामा सञ्चालित तीन दिने प्रतियोगिताको पहिलो दिन टीम सी, एडुक्लिक कन्सलटेन्सी, टीम पञ्चायन, केवाइसी र किंग्स क्रिकेटले विजयी सुरुवात गरेका छन् । 

यसअघि चन्द्रागिरि नगरपालिका वडा नं. ७ का वडाध्यक्ष शम्भुकुमार केसी लगायतले प्रतियोगिताको उद्घाटन गरेका थिए । 

प्रतियोगिता अन्तर्गत शनिबार ६ वटा खेल हुनेछन् ।

जसअनुसार दिनको पहिलो खेलमा पञ्चायन र टीम सी बीच बिहान ८ बजे खेल हुनेछ ।

दोश्रो खेलमा टीम मियो ले क्याथफोर्डको सामना गर्दा तेसो खेलमा पञ्चायन र किंग्सबीच खेल हुनेछ । यस्तै, भक्तपुर क्रिकेट र टीम एमर्सबीच पनि शनिबार नै प्रतिस्पर्धा हुनेछ । मिक्समाण्डु र टीम मियो, भक्तपुर क्रिकेट र काठमाडाैं रोयल्सपनि शनिबार भिड्दा टीम बी र मिक्समाण्डु, काठमाडाैं रोयल्स र टीम एमर्स एवं टीम सी र किंग्सपनि शनिबार प्रतिस्पर्धा गर्ने तालिका रहेको छ ।

चन्द्रागिरि नगरपालिका-०७स्थित गणेशमान फुटसलको एरिनामा जारी प्रतियोगिता चैत्र ३१ गते सकिनेछ ।

प्रतियोगिताको विजेताले ४० हजार रुपैयाँ प्राप्त गर्ने चन्द्रागिरि क्रिकेट एसोसिएनका अध्यक्ष प्रजिवन प्रधानले जानकारी दिए ।

प्रतियोगिताको उपविजेताले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *