मंगलबजारमा ११ वर्षीया बालिका पानी ट्याँकीभित्र मृत फेला

Thankot Times

थानकोट ।

ललितपुरमा ११ वर्षीया बालिका मृत फेला परेकी छन्।

शुक्रबार बिहान करिब १० बजेतिर ललितपुर महानगरपालिकास्थित मंगलबजारमा एक जना बालिका मृत फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए।

उनका अनुसार शव पानी ट्यांकीभित्र फेला परेको हो।

मृतक बझाङ घर भई ललितपुर बस्दै आएकी ११ वर्षीया दुर्गा बोहरा हुन्।

उनी केही समयदेखि सम्पर्कविहीन थिइन्। घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *