भोलि शनिबार नयाँ नैकापमा शहरी हाट बजार लाग्ने

थानकोट ।
भोलि शनिबार चन्द्रागिरि नगरपालिका-१४ नयाँ नैकापमा शहरी हाटबजार सञ्चालन हुँदै छ ।
बन्थाःचा मिसाः पुच, बन्थोक नयाँ नैकापसँगको सहकार्यमा चन्द्रागिरि नगरपालिका वडा नंं १४ नयाँ नैकापले भोलि (चैत्र ३०) शनिबार स्थानीय उत्पादनको प्रदर्शनी तथा बिक्री मेला सञ्चालन गर्ने भएको हो ।
सो हाटबजारमा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मेड्पा अन्तर्गत तालिम लिई व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरू, माैलिक सिपमा आधारित व्यवसायको लागि अनुदान प्राप्त गरेका व्यवसायी लगायत अन्य व्यवसायीहरूद्वारा उत्पादित वस्तुहरूको विक्री तथा प्रदर्शनी हुने बताइएको छ ।
बजार दिउँसो २ बजेबाट साँझ ७ बजेसम्म सञ्चालन हुने चन्द्रागिरि नगरको आर्थिक विकास शाखाले जनाएको छ।
स्थानीय उत्पादनको प्रवर्द्धन एवं बजारीकरणका लागि चन्द्रागिरि नगर तथा वडा कार्यालयहरूले समय-समयमा हाटबजार सञ्चालन गर्दै आएको छ ।