भोलि शनिबार सतुङ्गलस्थित जेसिस स्कुलमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदै

Thankot Times

थानकोट ।

इनर ह्वील क्लब अफ चन्द्रागिरिको आयोजनामा भोलि शनिबार (चैत्र ३०) सतुङ्गलस्थित जेसिस स्कुलमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।

मेडपोइन्ट अस्पतालको प्राविधिक सहयोगमा जेसिस स्कुल र योगदान राष्ट्रका लागि चन्द्रागिरि नगर समितिसँगको सहकार्यमा आयोजना हुन लागेको सो शिविरमा सामान्य चिकित्सा जाँच, नेत्ररोग जाँच, रक्त परीक्षण, मधुमेह रोग परीक्षण, दन्तपरीक्षण लगायतका विशेषज्ञ सेवा उपलब्ध गराइने इनर ह्वील क्लब अफ चन्द्रागिरिकी अध्यक्ष मिन्जुशोभा चित्रकारले जानकारी दिइन् ।

शिविर बिहान १० बजेबाट सुरु हुने बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *