नेपाली बजारमा सुनको भाउ तोलामा झण्डै ४ हजार रुपैयाँले बढेपछि….

Thankot Times

थानकोट ।

नेपाली बजारमा आज पनि सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम भएको छ ।

आज शुक्रबार सुनको मूल्य तोलामा ३ हजार ९ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको एक लाख ८५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन बिहीबार सुन तोलामा एक लाख ८१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

यस्तै, आज चाँदीको मूल्य  पनि बढेको छ ।

आज चाँदी एक हजार ९ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

हिजो बिहीबार चाँदी एक हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। 

आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ५८ हजार ६१० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ६ सय ३३ रुपैयाँ कायम भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *