दुर्गा प्रसाईं पक्राउ

थानकोट ।
तीनकुने घटनापछि फरार रहेका राजावादी आन्दोलनका जनकमान्डर दुर्गा प्रसाईंले भारतको आसाम प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।
आज साँझ आसाम प्रहरीसमक्ष उनले आत्मसमर्पण गरेका हुन् ।
दुर्गा प्रसाईंले यसअघि भिडिवो सार्वजनिक गर्ने फेसबुक पेजमा समेत बिहीबार साँझ आत्मसमर्पण गरेको उल्लेख छ ।
आसाम प्रहरीले आजै राति झापाको काँकडभिट्टासम्म ल्याएर नेपाल प्रहरीलाई हस्तान्तरण गर्ने बुझिएको छ ।