चार देशीय टी-२० शृङ्खला: कुवेतमाथि नेपालको कीर्तिमानी जित

थानकोट ।
हङकङमा जारी चारदेशीय टी-२० श्रृङ्खलामा नेपालले लगातार दोस्रो जित हात पारेको छ ।
बिहीबार बिहान भएको खेलमा नेपालले कुवेतलाई ६ विकेटले पराजित गरेको हो ।
कुवेतले प्रस्तुत गरेको १ सय ८६ रनको लक्ष्य नेपालले १८ ओभर ५ बलमा चार विकेट गुमाउँदै पूरा गर्यो ।
कुशल भूर्तेलले सर्वाधिक ८१ रन बनाए । आसिफ शेखले ५३ रन जोडे ।
हङकङका यासिन पटेलले दुई विकेट लिए ।
त्यसअघि मिसन रोड मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको कुवेतले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १८५ रन बनाएको थियो ।
कुवेतका क्विन्टो एन्टोले सर्वाधिक ४१ रन बनाए । मिट भावसारले ३५ रन जोडे ।
नेपालका सोमपाल कामीले सर्वाधिक तीन विकेट लिए ।
नेपालले पहिलो खेलमा कतारलाई आठ विकेटले पराजित गरेको थियो ।
योसँगै शीर्ष स्थानमा रहेको नेपालले चार अङ्क पुर्याएको छ । अब नेपालले लिग चरणको अन्तिम खेल पर्सि शनिबार घरेलु टोली हङकङसँग खेल्नेछ ।