सुनकाे भाउ ताेलामा ५ हजार रुपैयाँ बढ्याे

थानकोट ।
नेपाली स्थानीय बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ।
आज बिहीबार बजारमा सुनकाे मूल्य अघिल्लो दिनकाे तुलनामा तोलामा ५ हजार ७ सय रुपैयाँले बढेपछि ऐतिहासिक कीर्तिमान बनेको हाे ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला सुनको मूल्य १ लाख ८१ हजार १ सय रुपैयाँ कायम भएको छ ।
हिजो बधुबार २ हजार रुपैयाँले बढेर सुनकाे भाउ प्रतितोला १ लाख ७५ हजार ४ सय रुपैयाँ कायम भएको थियो।
आज सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि वृद्धि भएको छ।
आज चाँदी तोलाको १ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
हिजाे बुधबार चाँदीको भाउ प्रतिताेला १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भएको थियो।