चार देशीय टी-२० शृङ्खला: नेपाल र कुवेतबीच खेल जारी, नेपाल पहिले फिल्डिङ गर्दै

Thankot Times

थानकोट ।

हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा आज कुवेतसँग प्रतिस्पर्धा गर्दैछ ।

हङकङस्थित टिन क्वाङ रोड रिक्रिएसन ग्राउन्डमा हुने यो खेल नेपाली समयानुसार बिहान ६ः४५ बजेबाट सुरु भएको छ ।

प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले बुधबार कतारलाई ८ विकेटले पराजित गरेको थियो ।

कुवेतले बुधबार सम्पन्न खेलमा हङकङमाथि ४ विकेटको जित निकालेको थियो ।

आजै कतार र हङकङबीच पनि खेल हुने तालिका रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *