कक्षा १२ को परीक्षा केन्द्र निर्धारण, चन्द्रागिरिमा प्रभात माविमा मात्रै परीक्षा केन्द्र

थानकोट ।
राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी, भक्तपुरले २०८२ बैशाख ११ गतेबाट बैशाख २४ गतेसम्म सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र निर्धारण गरेको छ ।
यसअघि काठमाडाैं उपत्यका बाहिरका परीक्षा केन्द्र निर्धारण भएकोमा बुधबार बोर्डले काठमाडाैं उपत्यकाभित्रका परीक्षा केन्द्रको सूची सार्वजनिक गरेको हो ।
राष्ट्रिय परीक्षा बोर्डले चन्द्रागिरि नगरमा एक परीक्षा केन्द्र तय गरेको छ । जसअनुसार चन्द्रागिरि-७ स्थित प्रभात माविमा सो परीक्षा सञ्चालन हुनेछ । जहाँ विभिन्न ९ विद्यालयको परीक्षा केन्द्र कायम गरिएको हो। चन्द्रागिरिका पाँच वटा विद्यालयको परीक्षा केन्द्र भने चन्द्रागिरि नगर बाहिरका परीक्षा केन्द्रमा निर्धारण गरिएको छ ।
कुन विद्यालयका परीक्षार्थीले कहाँ दिनेछन् परीक्षा ? केन्द्रको सूची हेर्नुहोस्