तीनकुने प्रदर्शनमा दिवंगत भएका रजक र महर्जनको परिवारलाई ५-५ लाख दिने प्रसाईंको घोषणा

Thankot Times

थानकोट ।

फरार रहेका दुर्गा प्रसाईंले  चैत १५ तीनकुने प्रदर्शनमा मृत्यु भएका पत्रकार सुरेश रजक र सविन महर्जनको परिवारलाई ५-५ लाख दिने घोषणा गरेका छन्।

बुधबार सामाजिक सञ्जाल फेसबुक भिडियो श्यर गर्दै प्रसाईंले रजक र महर्जनको परिवारलाई ५-५ लाख दिने घोषणा गरेका हुन्।

उनले भने,’तीनकुने प्रदर्शनमा दुई जना एक जना पत्रकार सुरेश र सविन महर्जनको मृत्यु भएको छ। उहाँहरुको परिवारलाई पाँच पाँच लाख दिने घोषणा गर्दछु। म बाहिर आएपछि म दिन्छु। जसको गोलीले पनि मान्छे मर्नु हुँदैन थ्यो। सरकारले दिन्छ दिँदैन। तर म दिन्छु ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *