नक्कली सवारी लाइसेन्स बेचेर मासिक ३ करोड कमाएको सूचना अख्तियारले थाहा पाएपछि…

Thankot Times

थानकोट ।

कर्मचारीले नक्कली सवारी लाइसेन्स वितरण गरी मासिक ३ करोड कमाएको आरोपमा चार जना पक्राउ परेका छन्। 

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बाँके यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा कार्यरत चार जनालाई पक्राउ गरेको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।

उनका अनुसार कर्मचारीहरूले नक्कली लाइसेन्स वितरण गरी मासिक ३ करोड बढी रकम संकलन गरेको उजुरी प्राप्त भएको थियो। 

उक्त उजुरीपछि टंगाल र नेपालगञ्जबाट खटिएको अख्तियारको टोलीले चार जनालाई पक्राउ गरेको हो। 

कम्प्युटर अपरेटर शक्ति ठाकुर, सहायक कम्प्युटर अपरेटर (ज्यालादारी) मनोज गिरी, घरेलु तथा साना उद्योग कार्यालय नेपालगञ्ज, बाँकेका नायब सुब्बा मुकुन्दराज के.सी. र मामा भान्जा मोटर ड्राइभिङ सेन्टर नेपालगञ्जका प्रोप्राइटर शरदकुमार गोराथोकी छन्।

उनीहरूले कार्यालयमा काम गर्ने विद्युतीय उपकरण पनि बरामद गरेको छ। अख्तियारले यससम्बन्धी थप अनुसन्धान अघि बढाएको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *