यू-१९ यूथ ओडिआई सिरिजः अन्तिम खेलमा नेपालको सान्त्वना जित

थानकोट ।
नेपाल र अफगानिस्तानबीचको यू- १९ एकदिवसीय क्रिकेट सिरिजको अन्तिम खेलमा नेपालले जित हात पारेको छ । सुरुका २ खेल गुमाएको नेपालले तेस्रो तथा अन्तिम खेल ८५ रनले जितेको हो ।
वर्षाले अवरुद्ध भएको खेल अगाडि बढ्न नसकेपछि डकवर्थ लेविस नियमका आधारमा नतिजा घोषणा गरिएको हो ।
आजको खेलमा नेपालले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २०.१ ओभरमा ६ विकेट गुमाएर ४६ रन बनाएको अवस्थामा खेल वर्षाले रोकिएको थियो ।
यसअघि पहिला ब्याटिङ गरेको नेपालले ४५ औं ओभरमा अलआउट हुँदै १ सय ९१ रन बनाएको थियो ।
तीन खेलको श्रृंखलामा अफगानिस्तानले २–१ ले जितेको छ ।