सतुङ्गलबाट सशस्त्र प्रहरीले तीनजना पुरुषलाई लागूऔषधसहित नियन्त्रणमा लियो

Thankot Times

थानकोट ।

सशस्त्र प्रहरी बल नेपालको ईन्टेलिजेन्स ब्यूरोबाट खटिएको टोलीले चन्द्रागिरि नगरपालिका-१२ सतुङ्गलबाट तीन जना पुरुषलाई नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल मुख्यालयका अनुसार बुधबार लागूऔषधसहित तीन जना नियन्त्रणमा पुरुष नियन्त्रणमा लिइएको हो ।

उनीहरूमाथि थप अनुसन्धान एवं आवश्यक कारबाहीको लागि नेपाल प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

बुधबार दिउँसो बारा सिम्रौनगढदेखि काठमाडौं आउँदै गरेको प्र.०२-०३-००१ ख ०१५९ नम्बरको यात्रुबाहक बसमा सवार ३ जनाबाट सो परिमाण लागुऔषध बरामद भएको हो ।  पक्राउ पर्नेमा काठमाडाैं महानगरपालिका-८ बस्ने ३१ वर्षिय आशिष सिंह, मोरङ जिल्ला मिक्लाजुङ गाउँपालिका-८ बस्ने ४५ वर्षिय अमर बहादुर दर्जी र महोत्तरी जिल्ला मनरा सिसवा गाउँपालिका-२ बस्ने ३० वर्षिय सन्दिप सिंह लागुऔषधसहित पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट प्रतिबन्धित लागु औषध प्रोमेथाजिन हाइड्रोक्लोराइड- ११९ एम्पुल, डाईजापाम- १२३ एम्पुल, बुप्रेनोरफिन- १३० एम्पुल र सुई २ थान गरि जम्मा ३७२ एम्पुल लागुऔषध फेला परेको हो ।

तस्वीरः सशस्त्र प्रहरी बल


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ