चार देशीय टी-२० शृङ्खला: नेपालको विजयी शुरूवात, कतार ८ विकेटले पराजित

Thankot Times

थानकोट ।

हङकङमा बुधबारदेखि शुरू भएको चार देशीय टी-२० अन्तर्राष्ट्रिय शृङ्खलामा नेपालले विजयी सुरुवात गरेको छ ।

सिरिजको पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले पराजित गरेको हो ।

कतारले दिएको एक सय ५२ रनको लक्ष्य नेपालले १७ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो ।

ओपनर कुशल भुर्तेलले सर्वाधिक ३८ रन बनाए ।

कप्तान रोहित पौडेल ३७ रनमा अविजित रहे ।

आसिफ शेखले ३३ रन बनाए ।

बसिर अहमद ३० रनमा अविजित रहे ।

कतारका मुजीब उर रेहमानले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कतारले २० ओभरमा ५ विकेट गुमाएर एक सय ५१ रन बनाएको थियो । कतारका कप्तान इक्रमुल्लाह खानल ५४ रन बनाए ।

नेपालका करण केसी, सोमपाल कामी, नन्दन यादव, गुल्शन झा र ललित राजवंशीले १–१ विकेट लिए ।

प्रतियोगितामा हङकङ, नेपाल, कतार र कुवेत सहभागी छन् । नेपालले दोस्रो खेलमा भोलि कुवेतसँग खेल्ने छ । प्रत्येक टोलीले प्रत्येकसँग खेल्नेछन् । शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्नेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *