आईसीसी यू-१९ पुरुष विश्वकप क्रिकेट एसिया छनोट खेल्ने नेपाली टोलीको घोषणा

Thankot Times

थानकोट ।

नेपाल क्रिकेट संघ (क्यान)ले नेपालमा आयोजना हुने आईसीसी यू-१९ पुरुष विश्वकप क्रिकेट एसिया छनोट खेल्ने टोलीको घोषणा गरेको छ ।

क्यानले मंगलबार नरेन भट्टको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।

सो टोलीमा अभिषेक तिवारी, नीरज यादव, साहिल पटेल, सिब्रीन श्रेष्ठ, रोशन विश्वकर्मा, दिलसाद अलि र दर्श सोनार छनोट भएका छन् । त्यसैगरी सन्तोष यादव, अशोक धामी, दयानन्द मण्डल, अप्राजित पौडेल, युवराज खत्री र विपीनप्रसाद शर्मा पनि छनोटमा परेका छन् ।

खेल तालिका सार्वजनिक

आईसीसी १९ वर्षमुनिको पुरुष क्रिकेट विश्वकप एशिया छनोट प्रतियोगिताको तालिका सार्वजनिक भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले यही चैत ३१ गतेदेखि वैशाख ६ गतेसम्म काठमाण्डौमा आयोजना हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो । खेलहरू माथिल्लो र तल्लो मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछन् ।

प्रतियोगितामा आयोजक घरेलु टोली नेपालसहित यूएई, ओमान, अफगानिस्तान र हङकङ सहभागी हुनेछन् । घरेलु टोली नेपालले पहिलो खेलमा चैत ३१ गते यूएईसँग प्रतिस्पर्धा गर्नेछ ।

क्यानले नरेन भट्टको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिसकेको छ । माथिल्लो मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चैत ३१ गते हुने पहिलो खेलमा ओमान र अफगानिस्तान प्रतिस्पर्धा गर्ने छन् ।

यस्तै वैशाख १ गते ओमान र नेपाल, वैशाख ३ गते अफगानिस्तान र यूएई, वैशाख ५ गते हङकङ र ओमान खेल्ने छन् भने वैशाख ६ गते यूएई र हङकङ प्रतिस्पर्धा गर्ने छन् ।

त्यस्तै, तल्लो मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चैत ३१ गते हुने पहिलो खेलमा घरेलु टोली नेपाल र यूएई खेल्ने छन् ।

वैशाख १ गते अफगानिस्तान र हङकङ, वैशाख ३ गते हङकङ र नेपाल, वैशाख ४ गते यूएई र ओमान प्रतिस्पर्धा गर्नेछन् भने वैशाख ६ गते नेपाल र अफगानिस्तानबीच खेल हुने छ । प्रतियोगिताका सबै खेल बिहान साढे ९ बजे शुरू हुने छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *