राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपाल बागमती प्रदेशको दोश्रो अधिवेशन चैत्र ३० मा चन्द्रागिरिमा हुने

Thankot Times

थानकोट ।

नेकपा एमाले निकट राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपाल बागमती प्रदेशको दोश्रो अधिवेशन चन्द्रागिरि नगरपालिकामा आयोजना हुने भएको छ ।

सो पार्टीका केन्द्रीय महासचिव शंकर पोखरेलको उपस्थितिमा यही शनिबार (चैत्र ३०) सो अधिवेशन आयोजना हुन लागेको बताइएको छ ।

राष्ट्रिय जनसांस्कृतिक महासङ्घ काठमाडौं जिल्ला अध्यक्ष भक्तलाल श्रेष्ठका अनुसार अधिवेशन चन्द्रागिरि नगरपालिका-०५ महादेवस्थान किसिपिडीमा आयोजना हुनेछ । नेकपा एमाले चन्द्रागिरि नगर कमिटि तथा महासंघको काठमाडाैं जिल्ला कमिटि समेतको व्यवस्थापनमा सो अधिवेशन सञ्चालन हुने श्रेष्ठले बताए ।

बिहान ११ बजेबाट सुरु हुने अधिवेशनमा महासङ्घसँग सम्बद्ध व्यक्तिहरूको सहभागिता रहने बताइएको छ । 

प्रगतिशील तथा समाजवादी संस्कृति निर्माण गर्ने मूल लक्ष्य बोकेर समाजमा आफ्नो उद्देश्य परिपूर्ति गर्न क्रियशिल भाषा तथा लोक साहित्य, ललितकला, सङ्गीत, समाजशास्त्र, नाटक, चलचित्र तथा हाँस्य–व्यङ्ग्य क्षेत्रमा क्रियाशिल श्रष्टा कलाकारहरू, विद्वान वर्गप्राज्ञज्यूहरू सबैलाई गोलबद्ध गरी एउटै सुत्रमा बाँधेर साङ्गठनिक नियम र पद्धति अनुसार अनुशासित तवरले अगाडि बढाउन राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपाल गठन भएको हो । 

राष्ट्रिय जनसांस्कृतिक महासङ्घ काठमाडौं जिल्ला अध्यक्षमा चन्द्रागिरिका भक्तलाल श्रेष्ठ चयन


Leave a Reply

Your email address will not be published. Required fields are marked *