काठमाडौंमा आज पानी पर्ने सम्भावना (भिडियो)

Thankot Times

थानकोट ।

देशका केही भू-भागमा आज वर्षाको सम्भावना रहेको छ ।

केही स्थानमा हिमपात पनि हुनेछ ।

कोसी र मधेस प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।

पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

देशका उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानमा हिमपातको सम्भावना रहेको छ ।

“काठमाडौंमा पनि आज वर्षाको सम्भावना छ । अपराह्नपछि काठमाडौंमा हल्का वर्षाको सम्भावना देखिएको छ,” मौसमविद् रोजन लामिछाने भन्छन् ।

आजभन्दा भोलिलाई वर्षाको सम्भावना धेरै रहेको उनले जानकारी दिए । भोलि कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

बाँकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना छ ।

“आजभन्दा भोलि वर्षाको सम्भावना धेरै छ,” मौसमविद् लामिछानेले भने, “पर्सि (शुक्रबार)लाई पनि वर्षाको सम्भावना छ । शुक्रबार दिउँसोभन्दा बिहानको राति बढी वर्षाको सम्भावना छ ।”

पश्चिमी र स्थानीय वायु तथा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुका कारण वर्षाको सम्भावना रहेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *