रास्वपाको सचिवालय बैठक बुधबार बस्ने

थानकोट ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी गतिविधि र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न सचिवालयको बैठक आह्वान गरेको छ । रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले बुधबार दिउँसो ४ बजे बस्ने गरी उक्त बैठक डाकिएको जानकारी दिए ।
पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा हुने यस बैठकमा पार्टी अधिवेशन, जनयात्रा कार्यक्रम, अघिल्लो बैठकको समीक्षा, पार्टी गतिविधि र समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल गरिने जनाइएको छ ।
बैठकमा प्रदेश हेर्ने पदाधिकारी र केन्द्रीय सदस्य सम्बन्धमा समेत छलफल हुने उनले बताए ।