मच्छेगाउँका प्रथम र दीपालाई एकल कातामा स्वर्ण

Thankot Times

थानकोट।

चन्द्रागिरि नगरपालिका-०९ मच्छेगाउँस्थित नरहरिपुर डोजोका प्रथम मानन्धर र दीपा पुन मगरले सोमबार सहिद सागर सिंह र ज्ञानबहादुर शाही स्मृति कराते प्रतियोगितामा स्वर्ण पदक जितेका छन् ।

दुवै एकल कातामा विजेता भएका हुन् ।

पुरुषमा भक्तपुरका कुशल थापा दोस्रो तथा भक्तपुरका साहस तामाङ र लुभूका साइमल राई तेस्रो भए । महिलामा नगदेशकी मिस्ती श्रेष्ठ दोस्रो तथा लुभूका इतुशा महर्जन र धनबहादुर स्मृति प्रतिष्ठानकी स्नेहा तामाङ तेस्रो स्थानमा रहे ।

नेपाल सितोरियो कराते डो संघ प्रयोगपोखरी डोजोद्वारा आयोजित प्रतियोगिताको पुरुष ६० केजीमुनि ठैवका अजय भोम्जन पहिलो भए । उनले फाइनलमा नगदेशका अंकित खड्कालाई हराए । टौखेलका उसन तामाङ र नरहरिपुरका देवकुमार ठाकुर तेस्रो भए ।

ललितपुर महानगरपालिकाको सहयोगमा पाटन दरबार स्क्वायरमा भइरहेको प्रतियोगिताको पुरुष २५ केजीमा नगदेशका विष्णु थापाले स्वर्ण जिते । उनले फाइनलमा नरहरिपुरका सुगन्ध पुनलाई हराए । टौखेलका अजय स्याङ्तान र ठेचोका प्रमोद मल्लले कांस्य जिते ।

दुईदिने प्रतियोगितामा पुरुष/महिलामा एकल काता र कुमितेमा ११-११ गरी २२ स्पर्धा समावेश रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *