बाटो, ढल निर्माणका नाममा सतुङ्गलमा ४० हजार रुपैयाँसम्म चन्दा उठाइपछि …. (भिडिवो)

Thankot Times

थानकोट ।

वडा भित्र सञ्चालनमा रहेका विभिन्न संघसंस्थाले बाटो निर्माण, ढल निर्माण लगायतका शीर्षकमा मोटो रकम उठाउन थालेपछि चन्द्रागिरि नगरपालिका वडा नंं १० कार्यालयले सूचना जारी गर्दै सो कार्य तुरुन्त रोक्न निर्देशन दिएको छ।

वडाध्यक्ष शिवकुमार महर्जनका अनुसार वडा क्षेत्रमा सञ्चालनमा रहेका संघसंस्थाले बाटो बनाउने, ढल बनाउने लगायतका शीर्षकमा नयाँ घर निर्माण गर्ने घरधनीसँग ३५ हजारदेखि ४० हजार रुपैयाँसम्म रकम असुलेको उजुरी परेपछि त्यस्ता कार्य अविलम्ब बन्द गर्न निर्देशन दिइएको हो ।

साथै, ती घरधनीहरूलाई समेत कसैले रकम मागेमा सोको बारेमा वडा कार्यालयमा जानकारी दिनपनि भनिएको छ।

कसैले उक्त निर्देशन पालना नगरेमा कानुन बमोजीम कारबाही गरिने वडाध्यक्ष महर्जनले जानकारी दिए। भिडिवो हेराैं

सूचना हेर्नुहोस्


Leave a Reply

Your email address will not be published. Required fields are marked *