सुनको मूल्यमा तोलाको १ लाख नजिक आइपुग्ने हल्लाबीच आजपनि घट्यो सुनको भाउ

थानकोट ।
नेपाली स्थानीय बजारमा सुनको मूल्य ओरालो लाग्ने क्रम जारी छ।
साताको तेस्रो दिन मंगलबार छापावाल सुनको भाउ अघिल्लो दिनको तुलनामा तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ७३ हजार ४ सय रुपैयाँ कायम भएको छ।
यसअघि गत चैत्र २१ गते नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक बिन्दु पुग्दा सो दिन सुनको भाउ प्रति तोला १ लाख ८० हजार ३ सय रुपैयाँ कायम भएको थियो।
मंगलबार चाँदीको भाउ अघिल्लो दिनकै झैं स्थिर छ ।
यस दिन चाँदी प्रतितोला १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।