चार देशीय टी-२० अन्तर्राष्ट्रिय शृङ्खला खेल्न नेपाली टोली हङकङ प्रस्थान

Thankot Times

थानकोट ।

हङकङमा हुने चारदेशीय टी-२० अन्तर्राष्ट्रिय शृङ्खला खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार राति हङकङ प्रस्थान गरेको छ । 

सोमबार दिउँसो नेपाल क्रिकेट सङ्घ (क्यान)का उपाध्यक्ष रोशन सिंह राउत तथा पदाधिकारीले टोलीलाई बिदाइ गरेका थिए ।

बुधवारबाट शुरु हुने शृङ्खलाका लागि नेपाली टोली ज्ञानेन्द्र मल्लको प्रशिक्षणमा रहनेछ ।

नवनियुक्त मुख्य प्रशिक्षक स्टुअर्ट ल नेपाल नआइपुगेको कारण मल्ललाई यो शृङ्खलाको लागि जिम्मेवारी दिइएको हो ।

मल्लले क्यानले प्रधानमन्त्री कप खेले लगतै पाँच दिनको छोटो तयारी भए पनि टोली लयमा रहेको र जीतको लागि खेल्ने मल्लको विश्वास रहेको बताए ।

शृङ्खलामा नेपाल र घरेलु टोली हङकङसहित कतार र कुवेतले सहभागिता जनाउने छन् ।

नेपालले पहिलो दिन कतारसँग खेल्दै प्रतियोगिताको शुरुआत गर्नेछ ।

दोस्रो खेल २७ गते कुवेत र तेस्रो खेल ३० गते हङकङसँग खेल्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ