चक्रपथको दोस्रो खण्डअन्तर्गत कलंकी-महाराजगञ्ज विस्तार गर्न चिनियाँ टोली आउँदै

Thankot Times

थानकोट । 

वर्षाैंदेखि अस्तव्यस्त काठमाडाैं चक्रपथको कलंकी-महाराजगञ्ज खड विस्तार कार्य अघि बढ्ने भएको छ ।

यो खण्ड विस्तारका लागि चिनियाँ टोली यसै साता नेपाल आउन लागेको नेपालका लागि चिनियाँ राजदूत चेन सङले जानकारी दिएका छन् । 

राजदूत सङले चक्रपथ विस्तारका साथै अन्य योजनामा काम गर्न चिनियाँ टोली नेपाल आउन लागेको बताएका हुन् । जनावरीमा यो खण्ड डिजाइनका लागि कम्पनी छनोट गर्न भन्दै चीन सरकारले बोलपत्र आह्वान गरेको थियो । अहिले भने डिजाइन गर्ने कम्पनी छनोट गरिसकेको चक्रपथ सडक विस्तार योजना कार्यालयका प्रमुख कृष्णनाथ ओझाले जानकारी दिए । 

‘डिजाइनका लागि कम्पनी छनोट भएको भन्ने हामीले सुनेका छौँ । तर चिनियाँ टोली नेपाल आउँदै छ भन्ने हामीकहाँ जानकारी आएको छैन,’ उनले भने, ‘कम्पनीको टुंगोपछि डिजाइन गर्न आउने त होला, तर कहिले आउनेबारे जानकारी छैन । आउने भए खबर गर्लान् ।’

संघीय राजधानीकै सडकको करिब ७ वर्षदेखि अवस्था अस्तव्यस्त छ । सडकमा सर्भिस लेन बनाउने भन्दै सडक भत्काएर अलपत्र पारिएको छ । 

रातोपाटीबाट ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ