नागढुङ्गा नाकामा ठूलो परिमाणमा लागुऔषध बरामद, २७ वर्षीय सबिन प्रकाउ

थानकोट ।
प्रहरी प्रभाग नागढुङ्गाले ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार गत शुक्रबार बिहान पाैन ७ बजे वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बा प्र. ००१-०६ ख ५६९२ नम्बरको यात्रुबाहक बस चेक जाँच हुँदा उक्त बसको डिक्कीमा राखि ल्याएको अवस्थामा १९,२०० (उन्नाइस हजार दुई सय) क्याप्सुल ट्रामाडोल फेला परेको थियो ।
उक्त लागु औषध सो बसमा ल्याउने कार्यमा बसका सहचालक जिल्ला महोत्तरी, गौसाला नगरपालिका वडा नं. १२, बस्ने, वर्ष २७ को सबिन कुमार महत्तोको संलग्नता देखिन आएको पछि उनलाई सो लागु औषध सहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीमाथि काठमाडौं जिल्ला अदालतबाट दिन ७ (सात) को म्याद थप अनुमति लिई प्रहरी वृत्त थानकोटमा अनुसन्धान भईरहेको छ ।