मन्त्रिपरिषद् बैठक जारी

थानकोट ।
मन्त्रिपरिषद् बैठक सुरु भएको छ।
बैठक केही समय अघिदेखि सिंहदरबारमा बसिरहेको छ।
बैठकमा सरकारका नियमित कामकाजसँगै केही महत्वपूर्ण नियुक्ति, बढुवा लगायतका विषयमा निर्णय हुने बताइएको छ।
हालै सम्पन्न थाइल्याण्ड भ्रमणको समीक्षा पनि बैठकको कार्यसूचीमा परेको स्रोतले जनाएको छ।
बैठकमा नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिको विषयमा समेत छलफल हुने भएको छ।
वर्तमान गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएको छ। उनलाई २०७६ चैत २४ गते पाँच वर्षका लागि गभर्नरमा नियुक्त गरिएको थियो।
त्यो बेला प्रधानमन्त्री ओली नै थिए भने अर्थमन्त्रीमा डा. युवराज खतिवडा थिए।