वातावरण प्रदुषणले आकाश छोएपछि कीर्तिपुर नगरपालिकाद्वारा अपील जारी

Thankot Times

थानकोट ।

वायु प्रदुषणको मात्रा दिनहुँ बढेपछि कीर्तिपुर नगरपालिकाले सोमबार एक अपील जारी गरेको छ ।

नगरप्रमुख कृष्णमान डंगोलले जारी गरेको अपीलमा भनिएको छः

विगत केही दिनदेखि काठमाडौं उपत्यका लगायत देशको विभिन्न स्थनमा वायु प्रदुषण बढेको पाइए‌को छ । वायु प्रदुषणको मुख्य कारक उद्योग कलकारखाना र सवारी साधनबाट निष्कासन हुने धूवाँ, वन डढेलो, खुला रुपमा फोहोरमैला तथा कृषिजन्य अवशेष जलाउने, घरबाट निस्कने धुवाँ, सडक तथा निर्माण कार्यहरुबाट उड्ने धुलो आदि रहेका छन्। वायु प्रदुषणले मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने र विशेष गरी बालबालिका, जेष्ठ नागरिक, गर्भवती महिला एवम् श्वासप्रश्वास र मुटुका बिरामीहरुलाई बढी प्रभाव पार्ने भएकोले नगरपालिकाले वायु प्रदुषण रोकथाम तथा नियन्त्रणको लागि गरिरहेको कार्यहरुमा नगरपालिकालाई साथ सहयोग गरिदिनु हुन साथै सम्पूर्ण नगरवासीहरुले वायु प्रदुषण रोकथाम तथा नियन्त्रण र वायु प्रदुषणबाट हुने जोखिम न्यूनीकरण गर्न निम्न बोजिमका कार्यहरु तत्कालन अपनाउन सम्पूर्ण नगरबासीहरुमा कीर्तिपुर नगरपालिका हार्दिक अपिल गर्दछ ।

१. नियमित रुपमा आफ्नो सवारी साधन सर्भिसिङ तथा मर्मत गरी सवारी साधनबाट हुने प्रदुषण कम गराैं ।

२. सवारी साधन प्रचलित प्रदुषण मादण्ड भित्र रहेर चलाउने गरौं ।

३. खुल्ला रुपमा आगो बाल्ने कार्य नगरौं ।

४. प्लाष्टिकजन्य फोहोरमैला तथा अन्य फोहोरमैला नबालाैं।

५. निर्माणजन्य सामग्री ढुवानी गर्दा तथा लोड, अनलोड गर्दा धुँवा धुलो निष्कासन नगर्ने गरी व्यवस्थापन गराैं।

६. उद्योगमा वायु प्रदुषण कम गर्ने उपकरणको प्रयोग गराैं ।

७. वन डढेलो हुन नदिऔं, भइहाले सकेसम्म छिटो नियन्त्रण गरौं ।

८. सर्वसाधारणले जाफ्नो व्यक्तिगत सुरक्षाको निम्ति घर बाहिर निस्कँदा माक्सको प्रयोग गरौं ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *